
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । पछिल्लो समय देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । देशभर १२ हजार १९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij