Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल सुपर लिग अर्को वर्ष हुने

नेपाल सुपर लिग अर्को वर्ष हुने

  • ललितपुर ।  नेपाल सुपर लिग (एनएसएल) अर्को वर्ष हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ८ वर्षका लागि १७ करोड २१ लाखको सम्झौता भएको छ । एन्फाले ८ वर्षभित्र सबै रकम प्राप्त गर्नेगरी आयोजकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । मंगलबार आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि अध्यक्ष अश्रयता कार्की चौधरीले एक कार्यक्रमबीच एन्फा महासचिव किरण राईलाई पहिलो सिजनका लागि १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी छन् ।

    images
    images
    images

    एन्फासँग १७ करोडको सम्झौता भएसँगै आगामी वर्षको असोज र कात्तिकमा एनएसएलको दोस्रो संस्करण हुने एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिए । गत वैशाख र जेठमा आयोजना मिति तय भएको एनएसएल प्रतियोगिता एन्फा र ए डिभिजन लिग क्लबसँगको विवादका कारण स्थगित भएको थियो कोरोना महामारीबीच पहिलो संस्करण बन्द रंगशालामा सफलतापूर्वक सम्पन्न गरिएको थियो । दोस्रो संस्करणका लागि खेलाडी अक्सन र टीम घोषणा भइसकेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij