Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बागमती प्रदेशमा मानवअधिकार उल्लंघनका ३३ उजुरी

बागमती प्रदेशमा मानवअधिकार उल्लंघनका ३३ उजुरी

  • बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लंघनको  विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौं र ललितपुर जिल्लामा मानवअधिकार उल्लंघनको उजुरी परेको बताए ।

    दुवै जिल्लामा क्रमश: आठ र सात मानवअधिकार उल्लंघनको उजुरी परेको छ । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।

    प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लंघनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij