Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

थपिए ३७ एचआइभी एड्स सङ्क्रमित

थपिए ३७ एचआइभी एड्स सङ्क्रमित

  • काठमाडौँ । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासले जनाएका छन् । 

    AGNI GROUP

    गत वर्ष एचआइभी एड्स सङ्क्रमणको संख्या ३० रहेको थियो ।अहिले जिल्लामा छ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् ।

    दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘विश्व एड्स दिवस’ को अवसरमा ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ आज जिल्लामा विविध कार्यक्रम गरी मनाइँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij