
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ।
यस्तै, २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।
यस्तै सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्।
नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो। गत जेठमा आइसिसी यू-१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टी-२० विश्वकप आयोजना हुन लागेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij