
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन लागेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन शुक्रबार ५ दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि उपमन्त्री ली नेपाल आउन लागेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनी शुक्रबार आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले निजी भ्रमण साँस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै भ्रमण तय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij