
Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् ।
इरानको जेलमा रहेका ५ जना नेपाली नागरिकहरु लाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि स्वदेश फिर्ता भएका हुन् ।
तेहरान स्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरु बिहीबार काठमाडौं अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार,इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु,तेहरान स्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij