
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । बुधबार भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको छ । नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । खेलको ४९ औं मिनेटमा सेनुले गोल गरेकी हुन् ।
भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो । जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक बिहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij