Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

देशभर ५० हजार दुई सय ६३ डेङ्गु संक्रमित

देशभर ५० हजार दुई सय ६३ डेङ्गु संक्रमित

  • काठमाडौं । देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना, दोस्रो लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ जना र प्रदेश १ मा एक हजार नौ सय ३३ जना सङ्क्रमित रहेका छन् । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा छ सय ७२ संक्रमित रहेको छ ।

    काठमाडौँ जिल्लामा सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । आइतबारसम्म काठमाडौँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । ‘खोज र नष्ट गर’ अभियानमार्फत मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा डेङ्गु नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij