
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष हेमराज दाहालको सभापतित्व र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आ.व २०७८/०७९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १८.५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
सभामा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले कोभिड १९ र अन्य कारणले समग्र राज्य र बैंक, वित्तीय संस्थाहरु विगत २ वर्षदेखि आर्थिक मन्दीको संकटमा रहँदा पनि सुमेरुमाथि सदस्यहरुको विश्वास कायम रहेकोमा सम्पूर्ण निक्षेपकर्ता र सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरे ।
साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल र सुझावसहित पारित गरेको छ।
शेयर पूँजी रु ४६ करोड ६५ लाख र कुल सम्पत्ति रु १० अर्ब १३ करोड ४७ लाख रहेको सहकारीले समिक्षा आ.व.मा रु. १५ करोड खुद नाफा गरेको अध्यक्षको प्रतिवेदनमा जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij