
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । एकै दिन जिल्ला अस्पतालमा आएका मध्ये ११ जनामा डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए । रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको समयमा अस्पतालमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्ममा अस्पताल आएका बिरामीहरुमध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छ भने ११ जनाको उपचार भइरहेको छ ।
एक जना डेङ्गु सङ्क्रमितको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठ रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij