
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जम्मा छ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीन हजार ८७६ पीसीआर परीक्षण गर्दा ५३१ र दुई हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४६२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij