
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । आज काठमाडौँमा संक्रमणकालीन न्यायको विषयलाई लिएर सशस्त्र युद्ध पीडित समुदायले प्रदर्शन गर्ने भएका छन् । सो प्रर्दशन अपरान्ह ३ बजे बानेश्वरमा गरिन लागेको मानवअधिकारकर्मी कनकमणी दिक्षितले जानकारी दिएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी बिद्येयकमा मानवअधिकार आयोगले समेत आपत्ति जनाएको थियो ।
‘मानवअधिकार उल्लंघन’र‘गम्भीर मानवअधिकार उल्लंघन’ को परिभाषा र वर्गीकरण मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुरूप नभएको, मानवताविरुद्धको अपराध, युद्ध अपराध, सशस्त्र व्यक्ति, निशस्त्र व्यक्ति, बालसेना र जबर्जस्ती करणीको अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकूल पारिभाषा हुनुपर्नेलगायतका माग राखेर युद्ध पीडितहरूले बिद्येयकमा पुनर्बिचार गर्नुपर्ने माग राख्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij