Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौँ । बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण तीव्र रुपले बढ्दै गएको छ। बिरामी बढेपछि लामखुट्टे खोज र नष्ट गर अभियान सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो ।
स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए।
प्रादेशिक अस्पतालमा संकास्पद विरामी परिक्षण गर्दा ४० देखि ४५ प्रतिशतमा डेंगु जोरो देखिएको प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.नेत्र रानाले बताए। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं १,५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए।
यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij