
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडाैँ । मकवानपुर जिल्लाभर डेङ्गुका बिरामी बढेको छ । लामखुट्टेको टोकाइका हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
डेङ्गुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पताल तथा यहाँका निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेका छ । डेङ्गुको बिरामी बढेसँगै हेटौंडा उपमहानगरपालिकाले प्रभावित वडाहरुमा लामखुट्टे मार्ने स्प्रेसमेत नियमित गरिरहेको छ ।
डेङ्गुसँगै मकवानपुरमा पछिल्लो दुई सातामा १५ जनामा स्क्रबटाइफस र एकजनामा कालाजार देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij