
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हरायो ।यसअघि बंगलादेशसँग बराबरी खेल्दा फाइनलमा पुग्न नेपालको नतिजा भारत र माल्दिभ्सको खेलमा निर्भर थियो । भारत माल्दिभ्ससँग पराजित भएको भए फाइनलमा पुग्थ्यो ।
यससँगै साविक विजेता भारत र बंगलादेशबीच फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij