Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कोरोना भाइरस संक्रमण अपडेट: ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

कोरोना भाइरस संक्रमण अपडेट: ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

  • काठमाडौ । बिहिबार देशभर पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५०२५ जनामा परीक्षण गर्दा ७१० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

    images
    images
    images

    २५४१ नमुनाको पीसीआर परीक्षण गर्दा ५२४ जनामा र २४८४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

    त्यस्तै काठमाडौँ उपत्यकामा ३२४ जनालाई संक्रमण भएको छ । जसमा काठमाडौँ जिल्लामा २४४, ललितपुरमा ६४ र भक्तपुरमा १६ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  

    बिहिबार सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij