Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

साफ यू–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

साफ यू–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

  • काठमाडौं । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यू–२० साफ च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा श्रीलंकालाई ३–० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

    images
    images
    images

    कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेश्वरस्थित कालिङा रंगशालामा नेपाल लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा पुग्न सफल भएको छ ।  

    बुधबार भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २–१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसँगै बंगलादेश गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा झरेको छ ।

    यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । अहिलेसम्म सात गोल गरिसकेको नेपालले कुनै गोल खाएको छैन । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij