Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपालले बुधबार साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

नेपालले बुधबार साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

  • काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भोली बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।  

    images
    images
    images

    आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागि च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ । 

    साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो । साफले यस च्याम्पियनसिपलाई एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ । 

    नेपाल  एसियन कप छनोटको समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश छन् । छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ । समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij