
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडाैँ । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा शुरु हुँदैछ । कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्न लागेको हो । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ ।
च्याम्पियनसिप अन्तर्गत नै आज हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्दै छन् । प्रतियोगितामा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij