Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

१४९ चिकित्सक फेल

१४९ चिकित्सक फेल

  • काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षामा १४९ जना चिकित्सक अनुत्तिर्ण भएका छन् । काउन्सिलले गत साउन ७ गते शनिबार सञ्चालन गरेको २३ औँ विशेष परीक्षामा १४९ जना अनुत्तिर्ण भएका हुन्।

    images
    images
    images

     यस्तै, ४७४ जना परीक्षार्थीहरु सहभागी भएकोमा ३२५ जना उत्तिर्ण भएका छन् । गत माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तिर्ण भएका थिए ।

    विशेषज्ञ दर्ता प्रमाणपत्र वितरणका लागि परीक्षमा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दरखस्त परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने हुनाले प्रमाणपत्र लिनका लागि तोकिएका सबै प्रमाणपत्रहरू सहित सम्बन्धित परीक्षार्थी स्वयं उपस्थित हुनुपर्नेछ । 

    काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा भएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij