
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । यस्तै, अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij