Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । आज एकै दिनमा दुई सयभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर तीन हजार १७५ स्वाब परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको हो।
दुई हजार ८२ जनाको पीसीआर परीक्षण गर्दा १७७ जनामा र एक हजार ९३ जनाको एन्टिजन परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो।
आज देशभर ४५ जना निको भएका छन्। निको हुनेभन्दा नयाँ संक्रमित धेरै हुँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। देशभर सक्रिय सक्रमितको संख्या एक हजार पाँच पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij