Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेपालमा कोभिड संक्रमितको संख्या बढ्दै

नेपालमा कोभिड संक्रमितको संख्या बढ्दै

  • काठमाडौँ । नेपालमा केही दिनयता कोभिड(१९ संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार‚ मंगलबार १७७ जनामा संक्रमण देखिएको छ। सोमबार १६८ जना र आइतबार १२१ जनामा संक्रमण देखिएको थियो।

    images
    images
    images

    पछिल्लो २४ घन्टामा देशभरबाट ३१२६ नमूनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १ जार ८ सय ५ नमूनाको पीसीआर र १ हजार ३२१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १४४ र एन्टिजेन विधिबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो।

    त्यस्तै, आज थप ४१ संक्रमित निको भएका छन्।  योसहित हाल नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij