Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ। परिवर्तनशील युवा सेवा समाज नेपालको आयोजनामा दन्त शिविर आयोजना भएकाे छ । सिड्नी डेन्टल क्लिनिकको सहकार्यमा आयोजित उक्त शिविरबाट १ सय ४० जनाले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा अग्रवाल सेवा केन्द्र र नन्दन फुड प्रा लिले पनि सहयोग गरेका थिए ।
ग्लोबल टिन हिरो २०२० मन्दिरा श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रहरी प्रभाग कमलपोखरीका प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षकको विशेष अथितिमा दन्त शिविर सम्पन्न भएको स्वयंसेवक तथा कार्यक्रम सञ्चालक देबेन्द्र लुइँटेलले जानकारी दिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij