Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एम्बुलेन्स दुर्घटनामा शिशुको मृत्यु   

एम्बुलेन्स दुर्घटनामा शिशुको मृत्यु   

  • काठमाडौँ। कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।

    images
    images
    images

    तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको र दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । 

    इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक रमेशसिंह बुढाथोकीका अनुसार लेएम्बुलेन्समा सवार सुत्केरी महिलाका तीन जना आफन्तहरू समेत घाइते भएका छन् । दुर्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएका हुन्। घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

     


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij