
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेको छ । यसअघि शुक्रबार तोलामा २१ सय ५० रुपैयाँ कायम भएको चाँदी आइतबार २१ सय ४५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij