
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज राजधानी फर्कन लाग्नुभएको छ । उहाँ दुई साता लामो झापा बसाइपछि दिउँसो साढे १२ बजे भद्रपुरबाट काठमाडौं आउने कार्यक्रम छ ।
जेठ ११ गते जानुभएका शाह दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटमा बस्नुभएको थियोे ।
जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलन थाल्नुअघि उहाँ निर्मल निवासबाट एकाएक झापा जानुभएको थियो ।
साथमा परिवारका सदस्यहरु पनि छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij