
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं। सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप दिइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका ४९ लाख बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो। बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ।
बाँकी रहेको ५० जिल्लामा भने भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।
आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन्।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij