Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हुम्मलाको एक विद्यालयका विद्यार्थीहरुमा ठूलो सङख्या देखियो ठेउला 

हुम्मलाको एक विद्यालयका विद्यार्थीहरुमा ठूलो सङख्या देखियो ठेउला 

  • हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ ।

    images
    images
    images

    वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो ।

    स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएको ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताए । ‘विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो ।’ उनले भन्नुभयो ।

    ती विद्यार्थीका अनुहार, शरीर र पाखुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमूना सङ्कलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको छ ।

    चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

    विद्यालयमा पुगेपछि बिरामी विद्यार्थीको उपचार र नमूना सङ्कलनसँगै गरिने भएको छ । यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ ।रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij