Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गरिब र आर्थिक समस्या कारण उपचारबाट बञ्चित हुने अवस्था नहुने 

गरिब र आर्थिक समस्या कारण उपचारबाट बञ्चित हुने अवस्था नहुने 

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गरिब र आर्थिक समस्या भएका कारण उपचारबाट बञ्चित हुने अवस्था नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सरकारी अस्पतालमा आएका बिरामीलाई पैसा भएको वा नभएको कारणले बिरामी फिर्ता नगरेको र फिर्ता नगर्ने बताए । 

    images
    images
    images

    मन्त्री खतिवडाले अस्पतालमा आउने बिरामीको लवाई–खुवाई, उसलाई भेट्न आउने आफन्त, बिरामी र आफन्तको रुवाबासी आदिका आधारमा दुई तिन दिनमा बिरामी भएको मान्छे गरिब हो कि होइन भन्ने एकीन हुने र त्यस आधारमा उपचारमा सहुलियत दिने बताए । उनले पैसा बिहिनलाई सरकारी अस्पतालले उपचार सुविधा दिने दावी गरे । 

    उनले प्राइभेट अस्पतालको हकमा भने यस्तो अवस्थाको जिम्मा नलिने बताउँदै उनले सरकारी अस्पतालबाट पैसा नभएकोले उपचार नपाई फर्कनुनपर्ने अवस्था हुनेमा म विश्वस्त पार्न चाहेको बताए । 

    यस्तै उनले वीर अस्पतालमा ५० प्रतिशत कम रकम उठ्ने गरेको बताउँदै अहिले सो अस्पतालको क्षमता विस्तार भएको जानकारी समेत गराए । सरकारले यसअघि ७० प्रकारका निःशुल्क औषधी वितरण गर्ने गरिएकोमा अब ९८ थरीका औषधी निःशुल्क बाढ्ने तयारी गरिएको उनले बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij