Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । आज विश्व रक्तदाता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्।
सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ।
विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ।
सुरक्षित रगत, रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष भएको डब्लूएचओले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij