Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन्। लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने भएपछि काठमाडौं उपत्यकाको ठुला अस्पतालहरु आइतबार पनि सञ्चालन गर्नु परेको अस्पतालहरुले जनाएको छ । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ।
उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन्। यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए।
सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij