
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । बौद्ध शान्ति बिहार चापागाउँ ११ बुलुको आयोजनामा पवित्र महापरित्राण पाठ कार्यक्रम आयोजना हुने भएको छ ।
यहि आउँदो ३१ गते शनिबार २५६६ औँ बुद्ध जयन्तीको अवसरमा दिवङ्गत उपासक, उपासिकाहरुलाई पुण्याणुमोदना र श्रद्धाञ्जली व्यक्त गदैँ सबै मानव जातिको कल्याण, सुख, समृद्धि र विश्वका सबै प्राणीको सुख शान्तिको कामनाका साथ श्रद्धैय भिक्षु महासंघद्वारा पवित्र महापरित्राण पाठ गरिने आयोजकले जानकारी दिए ।
१ दिने महापरित्राण पाठमा भिक्षु महासंघका सहभागीतामा महापरित्राण मण्डपमा बिराजमान भई भगवान बुद्धले गर्नु भएका आरक्षा धर्म सुत्रहरुको पाठ गरि सबै प्रकारका प्राणी, जीवहरुलाई आर्शिवाद दिने उदेश्य रहेको छ ।
बुलुमा प्रथम महापरित्राण आयोजना हुन लागेको बौद्ध शान्ति विहारका प्रमुख भिक्षु सोरतले जानकारी दिए ।
भिक्षु सोरतले भने, प्रथम महापरित्राण पाठ भएकोले ऐतिहासीक कार्यमा उपासक, उपासिकाहरुलाई जोड्ने अवसर दिर्नुपर्छ, भने उदेश्यले सबैको इच्छा र साथले गर्न लागेको हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij