Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्टिल कारखानामा पुनः हमला

स्टिल कारखानामा पुनः हमला

  • पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।
    तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए । दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ। आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी सुरु भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताए ।

    स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी–नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो । तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij