Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

  • एजेन्सी । यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना  संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । 

    images
    images
    images

    कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् । 

    राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो । 

    पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij