
Apr 13 2025 | २०८१, चैत ३१ गते
काठमाडौं। चिकित्सा शिक्षा इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजतपत्र प्राप्त समेत नगरी उनीहरुले क्लिनिक सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij