Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

  • बोगोटा । तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ  ।  गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो ।

    images
    images
    images

    कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन् । उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूविरुद्धमा थिए । 

    अनुगमनकर्ताहरूका अनुसार अधिकारबादीहरूका लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो । कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन् । पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन् । 

    मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन, जसको हत्याले देश नै स्तब्ध बनेको थियो ।  आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई  जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij