
Apr 02 2025 | २०८१, चैत २० गते
भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा १७ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् । केदारनाथ प्रवेश गर्ने सडकखण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा १७ जना नेपाली बेपत्ता भएको भारतीय सञ्चारमाध्यम जागरणले जनाएको छ । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्दार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij