
Apr 02 2025 | २०८१, चैत २० गते
भारत, महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजी बसमा आगलागी हुँदा २५ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना महाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे मा भएको हो ।
बसमा सवार ३३ यात्रु मध्ये २५ जनाको मृत्यु भएको पे्रस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले लेखेको छ । बस नागपुरबाट पुणेतर्फ आइरहेको बेला टायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो ।
त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको बुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij