
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान कास्कीबाट पुनः शुरू गरेको छ ।
शनिबार कास्कीको रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरेका हुन् ।
प्रचण्डले सहिदको त्याग र तपस्याकै कारणले संविधान र गणतन्त्र प्राप्त भएको बताउदै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न खोजे पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्र त्यो कार्य सम्पन्न गर्न सफल भएको बताएका थिए ।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ अभियानलाई अघि बढाइरहेको बताए ।
गत जेठ २ गते बैतडीको पाटनबाट शुरू भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरा पुगेर स्थगित भएको थियो । त्यसपछि साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान शुरू गर्ने निर्णय गरे अनुसार अभियान शुरु गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij