
Apr 22 2025 | २०८२, वैशाख ९ गते
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ। काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। कानेलाई शनिबार गिनिज वल्र्ड रेकडले मान्यता दिएको हो ।
सन् २०१९ मा विश्वकै सर्वाधिक उमेरको व्यक्तिका रूपमा उनलाई प्रमाणित गर्न आयोजित कार्यक्रममा सहभागी हुँदा उनी धेरै प्रसन्न देखिन्थिन्।
केही वर्षदेखि उनी एउटा स्याहारगृहमा बस्थिन्। उनलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो। उनका चार सन्तान थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij