
Apr 13 2025 | २०८१, चैत ३१ गते
मधुमेह एउटा त्यस्तो रोग हो, जसले उमेर पुगेका व्यक्तिहरुलाई मात्र होइन बालबालिकालाई पनि आफ्नो चपेटामा लिन्छ ।
बालबालिकाको गलत खानपान र जीवनशैलीका कारण उनीहरुले पनि मधुमेह जस्तो रोगको सामना गर्नु पर्छ । यो रोग लाग्दा बालबालिकाको प्यानक्रियाजमा पूर्ण रुपले इन्सुलिनको उत्पादन हुन सक्दैन, जसका कारण ब्लड शुगरलाई शक्तिमा परिवर्तन गर्नका लागि समस्या उत्पन्न हुन्छ । विशेषज्ञका अनुसार शुरुवातमै मधुमेहका लक्षण थाहा पाएर बालबालिकाको स्वास्थ्यको ध्यान राख्न सकिन्छ ।
बालबालिकामा मधुमेहको समस्या उत्पन्न हुँदा देखिन्छ निम्न लक्षणः
बारम्बार पिसाव लाग्नु
मधुुमेह भयो भने बालबालिकामा देखिने पहिलो लक्षण भनेको बारम्बार पिसाब लाग्नु हो । ब्लड सुगरले बालबालिकाको शरीरमा समावेश कोषिकाबाट पानी सोस्छ । जसका कारण अत्यधिक प्यास लाग्छ । धेरै पानी पिउनाले बारम्बार पिसाव लागिरहन्छ ।
मुख सुक्नु
बारम्बार पिसाव फेर्नाले प्यास पनि धेरै लाग्छ । प्यास लाग्नाले बालबालिकाको मुख पनि सुक्छ । त्यस्तै बालबालिकाको शरीरमा तरल पदार्थको कमी हुन्छ । जसका कारण प्रायः उनीहरुको मुख सुकिरहन्छ ।
बढी भोक लाग्नु
बालबालिकाले आवश्यकभन्दा बढी खाना खान थाले भने उनीहरुलाई मधुमेह भएको हुन सक्छ । मधुमेह हुँदा खाना खाएपछि पनि भोक लागिरहन्छ । यही कारणले गर्दा बालबालिकाको शरीरले खाएको भोजनबाट निस्कने उर्जाको प्रयोग गर्न सक्दैन ।
वजन घट्नु
बालबालिका आवश्यक भन्दा बढी खाना खाइरहेका छन्, र उनीहरुको शरीरको वजन पनि बढिरहेको छ भने त्यो पनि मधुमेहको एउटा लक्षण हुन सक्छ । त्यसक्रममा भोजन शरीरमा धेरै हुन्छ, तर शरीरले त्यो खानालाई उर्जाको रुपमा प्रयोग गर्न सक्दैन र बालबालिकाको वजन घट्न थाल्छ ।
शरीरमा थकान
मधुमेहको समस्याले ग्रस्त बालबालिकाको शरीरमा उर्जाको कमी हुन्छ । जसका कारण उनीहरुको शरीर हरेक समय थाकेको महशुस हुन्छ । सुस्त, आलस्य, निद्रा लागिरहनु जस्ता लक्षण बालबालिकामा मधुमेहका कारण हुन सक्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij