Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

  • एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ। कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।

    images
    images
    images

    तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन्। बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए। कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन्। संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो। मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो।

    कोरोना महामारी सुरु भएदेखिअहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij