Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउने

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउने

  • विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउँदैछन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल आउन लागेको मन्त्रलायले जनाएको छ। 

    images
    images
    images

    महानिर्देशकका साथमा डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनेछन्। 

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्नेछन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij