Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

वैशाख ११ बाट मेलम्चीको पानी काठमाडौँमा

वैशाख ११ बाट मेलम्चीको पानी काठमाडौँमा

  • काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ बाट काठमाडौंमा आउने बताएका छन् । उनले समानुपातिक ढंगले खानेपानी वितरणको गर्ने निर्देशन दिए ।

    images
    images
    images

    मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको महसुल समयमै उठाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई निर्देशन दिए ।

    केयूकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले काठमाडौंमा दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए ।

    आगामी ११ गतेदेखि केयूकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पानी वितरण हुने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij