Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

मन्त्री रेग्मी वीर अस्पतालमा उपचार गराउँदै

मन्त्री रेग्मी वीर अस्पतालमा उपचार गराउँदै

  • काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन् । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उन एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन्। 

    AGNI GROUP

    उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिए ।

    वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij