
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श गरे ।
भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन् । उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन्। उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरेकी छन् । नेपालका लागि राजदूत नियुक्त भएकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा राजदूत वाइजरले अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी दिनमा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताइन् । उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत् ऊर्जा प्रयोग भएको बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराइन्।
भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो । नेपाल र अष्ट्रियाबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij