Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भिटामिन‘ई’का फाइदा र श्रेात

भिटामिन‘ई’का फाइदा र श्रेात

  • हाम्रो मानव शरीर स्वास्थ्य रहनका लागि  भिटामिनको आवश्यक्ता पर्छ। सामान्यतया हामीले मोटोपन अथवा चिल्लो बढाउने चिन्ताले भिटामिन ई को प्रयोग कम गर्ने गछौँ तर  हाम्रो शरीरको लागि एकदम महत्वपूर्ण हुने गर्छ । यसको सही तरिकाले प्रयोग गर्न जान्यौँ भने यसले बिभिन्न रोगबाट बचाउँछ।

    onlinepatrika
    Arghakhachi

    भिटामिन ‘ई’का फाइदा

    AGNI GROUP

    शरीरका लागि सबै भन्दा बढी उपयोगी भिटामिन भनेको ‘अल्फा कोटोफेरल’ मानिन्छ। यसले शरीरमा विकार उत्पादन हुन दिँदैन्। मानिसमा दैनिक १५ मिलिग्राम भिटामिन ‘ई’ को आवस्यक्ता रहन्छ।

    भिटामिन ‘ई’ ले मुटु सम्बन्धी रोगलाई निको पार्न मदत गर्छ। यसले आँखा सम्बन्धी रोग लाग्न नदिन पनि सहयोग गर्ने गर्छ।भिटामिन ‘ई’ अल्जाइमरको बिरामीका लागि पनि उत्तम आहार बन्न सक्छ।

    भिटामिन ‘ई’ का श्रोतहरु

    एभोकाडो
    एभोकाडोमा भरपूर्ण मात्रामा पौष्टिक तत्व पाइन्छन्। जसमध्ये भिटामिन ‘ई’ एक हो। १०० ग्राम एभोकाडोमा १४ प्रतिशत भिटामिन ‘ई’ पाइन्छ।

    बदाम
    १०० ग्राम बदाममा २५.६ मिलिग्राम भिटामिन ‘ई’ हुन्छ। नेपाली बदाम (मुङ्गफली) ‘स्नेक्स’का रुपमा प्रयोग गरिने १०० ग्राम नेपाली बदाममा ४४ प्रतिशत भिटामीन ‘ई’ पाइन्छ।

    सूर्यमुखी फूलको बिउ
    सूर्यमुखीको बिउ भिटामिन ‘ई’को राम्रो श्रोत मानिन्छ। यसमा १०० ग्राम सूयमुखीको बिउमा ३५.७ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।

    पालुँगो
    सबै भन्दा कम क्यालोरीको तरकारीको रुपमा पालुँगोलाई लिने गरिन्छ। यसमा भिटामिन ‘ई’ का साथसाथै ए, सी, र के पनि प्रश्स्त पाइन्छ। मस्यौराको तेल (स्वयाबिन) सय ग्राम रिफाइन्ड स्वयाबिन तेलमा ८.८ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।

    ब्रोकाउली
    ब्रोकाउली प्रोटिनको राम्रो स्रोत हो । साथै यसमा भिटामिन ‘ई’ पनि भरपुरमात्रामा पाइन्छ । ब्रोकाउलीको सेवनले हाम्रो शरीरमा रहेको खराब कोलेष्ट्रोल पनि कम गर्न सहयोग गर्दछ ।

    ब्रोकाउलीलाई सुप बनाएर या सलादका रुपमा पनि खान सक्नुहुन्छ । उमालेर खाएको ब्रोकाउली स्वास्थ्यका लागि अत्यन्तै फाईदाजनक हुन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij