
Apr 14 2025 | २०८२, वैशाख १ गते
पोषणयुक्त खानेकुराविना स्वस्थ हुन सकिंदैन । त्यसैले पोषण पाउनको लागि स्वस्थकर अनि सन्तुलित खानेकुरा खानुपर्छ । गर्मी मौसममा हामीलाई केहि खान मन लाग्दैन र हाम्रो शरीरमा नराम्रो असर पर्छ ।
गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ । त्यसैले खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।
गर्मी मौसममा खानुहोस् यी खानेकुरा
पानी
गर्मीमा हामीलाई प्रशस्त पानी चाहिन्छ किनभने पानी नपिउने हो भने हाम्रो शरीरमा डिहाइड्रेसन हुन सक्छ। त्यसैले शरीरमा पानीको मात्रा घटाउनु हुँदैन ।
मकै
मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ।
आँप
आँपलाई फलफूलको राजा पनि भनिन्छ । यसमा सोडियम, भिटामिन के, फाइबर मिनरल्स जस्ता सामान्य पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ।
हरियो खुर्सानी
गर्मी मौसममा हरियो खुर्सानी खानु फाइदाजनक हुन्छ किनभने हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट पाइन्छ । गर्मीमा हरियो खुर्सानी खाँदा पानीको अभाव हुँदैन ।
गाजर
एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो।
खरबुजा
गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ ।
टमाटर
टमाटरमा भिटामिन ए, बी, सी, फाइबर, पोटासियम जस्ता धेरै पोषक तत्वहरू पाइन्छ। यसका साथै टमाटरमा ९५ प्रतिशत पानी पनि पाइन्छ । गर्मीमा टमाटरको सेवन अवश्य गर्नुपर्छ ।
सुन्तला
गर्मी मौसममा सुन्तला स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा बिटाको आधा मात्रामा थायमिन, फोलेट, भिटामिन सी पाइन्छ। फाइबरको उच्च मात्राको कारण, तपाइँ सजिलै वजन घटाउन सक्नुहुन्छ।
पुदिना
पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ ।
दही
गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।
काँक्रो
काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij